सुडान झडपले उग्र रुप लिँदै, मृत्‍यु हुनेको संख्या १०० नाघ्यो – Nepal Press

सुडान झडपले उग्र रुप लिँदै, मृत्‍यु हुनेको संख्या १०० नाघ्यो

काठमाडौं । सुडानमा विगत तीन दिनदेखि जारी सैनिक र अर्धसैनिक बलहरुको झडपले उग्र रुप लिँदै गएको छ ।

गत अप्रील १५ मा सुडानको अर्धसैनिक बलले राष्ट्रपति भवन कब्जा गरेसँगै सुरु भएको झडपमा हाल सम्म १०० जना भन्दा बढिको ज्यान गएको बीबीसीले जनाएको छ ।

रिपोर्टका अनुसार हाल राजधानी खार्तुमको रिपब्लिकन प्यालेस, आर्मी कमाण्ड बिल्डिङ र अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा अवस्था तनावग्रस्त रहेको छ भने सुडानका राष्ट्रिय प्रसारक सुडान टिभी र सुडान रेडियो समेतले जारी परिस्थितीका कारण प्रसारण रोकेको अवस्था छ ।

सुडानको एक न्युज वेबसाइटलाई उध्रदत गर्दै बीबीसीले जनाए अनुसार प्रदर्शनकारीहरुले राष्ट्रिय प्रसारको कन्ट्रोल रुममा बम बिस्फोट गराएसँगै आइतबार देखि प्रसारण रोकिएको हो । झडप बारे थप जानकारी सार्वजनिक भएको छैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *