बालकोट वार्तामा सहमति- संवैधानिक परिषद बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने (भिडिओ) – Nepal Press

बालकोट वार्तामा सहमति- संवैधानिक परिषद बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने (भिडिओ)

काठमाडौं । तीन दलका शीर्ष नेताहरूको बैठकमा संवैधानिक परिषद बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकमा प्रधानन्याधीश सिफारिस गर्ने सहमति भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनले भने, ‘सर्वोच्च अदालतको प्रधानन्यायाधीश कार्यवाहक हुनुहुन्छ । लामो समयदेखि सर्वोच्चको नेतृत्वनै कार्यवाहकमा भएकाले यो स्थिति रहनुहुँदैन भन्ने कुरामा प्रधानमन्त्रीले पहल गर्नुभयो । स्थायी नियुक्तको पहल गर्नुभयो । त्यसमा प्रधानमन्त्री, कांग्रेस सभापति देउवा र ओलीजीबीच सहमति भएको छ ।’

संवैधानिक परिषद्को बैठक राख्ने विषय सहमति भएको लेखकले जानकारी दिए । यस्तै, टिआरसी विधेयक, संसद सञ्चालन र समिति गठनको विषयमा पनि नेतृत्वबीच सहमति जुटेको उनको भनाई छ ।

लेखकका अनुसार संवैधानिक परिषद्को बैठकको मिति प्रधानमन्त्रीले तोकेर खबर गर्ने कुरा भएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर