को हुन् अतिक अहमद ? जसको प्रहरी नियन्त्रणमै भयो विभत्स हत्या – Nepal Press

को हुन् अतिक अहमद ? जसको प्रहरी नियन्त्रणमै भयो विभत्स हत्या

काठमाडौं । मेरो ‘एकाउण्टर हुन्छ वा मेरै विरासतका कसैले मेरो प्राण लिनेछन्’ यो अभिव्यक्ति हो भारतका विख्यात माफिया तथा कुनै समयका कहलिएका राजनीतिज्ञ अतिक अहमदको ।

सन् २००४ मा यूपीको फुलपुरबाट लोकसभा चुनाव लड्दै गर्दा उनले पत्रकारहरुलाई यो अभिव्यक्ति दिएका थिए । त्यसको १९ वर्षपछि शनिबार (अप्रील १५) राति प्रहरी नियन्त्रणमै रहेको बेला उनको विभत्स हत्या भएको छ ।

प्रहरीको भ्यानबाट निस्किएर अस्पताल जानेक्रममा हतियारधारी समूहले उनी र उनका भाई अशरफलाई कन्चेटमा गोली हानी हत्या गरेका हुन् । अतिक अहमद र उनका भाइ अशरफको हत्यापछि तीन युवाहरूले आत्मसमर्पण गरेका छन् ।

अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार आत्मसमर्पण गर्नेहरुमा लवलेश तिवारी, सन्नी र अरुण मौर्य रहेका छन् । यद्यपी हालसम्म हत्याको कारण भने पुष्टी भईसकेको छैन ।

सन् १९७९ मा १७ वर्षको उमेरमा अतिकविरुद्ध पहिलो पटक हत्याको मुद्दा दर्ता भएको थियो । नाबालक उमेरदेखि नै अपराधको दुनियाँमा प्रवेश गरेका उनी १९८९ मा, प्रयागराज शहरको पश्चिमी विधानसभा सीटबाट माफिया चन्द बाबालाई हराएर विधायक बन्न सफल भए जसको केही महिना पस्चात उनले चन्द बाबाको दिनदहाडै हत्या गरिदिए तत् पस्चात उनी अपराधको दुनियाँ थप स्थापित भए ।

वर्तमान समयसम्म आइपुग्दा उनीविरुद्ध जबरजस्ती चन्दा असुली, जग्गा कब्जा, अपहरण, हत्यालगायतका सयभन्दा बढी मुद्दा दर्ता भएका थिए । उमेश पाल हत्या प्रकरणपछि प्रहरीको कारवाहीको क्रममा रहेका उनको प्रहरी नियन्त्रणमै रहेका बेला भएको हत्याले हाल विश्व समुदायको ध्यानाकर्षण भएको छ ।

हालै मात्र प्रहरीले उनको घरबाट डद्ध.टड लाख नगद, ६० लाखको सुन तथा हीराको गहना, २.८५ करोडको कागजात जफत गरेको थियो । भारतीय संचार माध्यमहरुका अनुसार माफिया अतिक अहमदले शुक्रबार धुमानगञ्ज प्रहरी चौकीमा सोधपुछका क्रममा धेरै निर्माण व्यवसायी र ठूला व्यक्तिसँग आफ्नो सम्बन्ध रहेको खुलासा समेत गरेका थिए ।

सोही कारण आफू फस्न सक्ने डरले प्रभावशाली व्यक्तिहरुलेनै प्रहरीको मिलोमतोमा उनको हत्या गराएको समेत आशंका गरिएको छ । यस बाहेक उमेश पाल हत्या प्रकरणका फरार अभिव्यक्तीले पनि उनको हत्या गराएको हुन सक्ने पनि सम्भावना रहेको छ ।

अपराधको दुनियाँमा रहँदै सैयौ दुश्मन समेत कमाएका अतिकका हत्या पछाडिका अनेकन कारण हुनसक्छन् यधप्पी ति कारक तत्व मध्य एउटा कारक तत्व भने धार्मिक कोणसँग पनि जोडीएको छ ।

आतिक र असरफको हत्या गर्ने तीन युवाले धार्मिक नारा लगाएको समेत जनाईएको छ । यी तीनै अभियुक्तहरू धार्मिक चरमपन्थी हुन सक्ने र अतिकको मिडिया कभरेजको फाईदा उठाउन यसो गरेको हुनसक्ने समेत जनाईएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *