आईपीएलमा सचिनका छोराको डेब्यु, पावर प्लेमा २ ओभर बलिङ गर्दै १७ रन खर्चिए तर विकेट लिएनन् – Nepal Press

आईपीएलमा सचिनका छोराको डेब्यु, पावर प्लेमा २ ओभर बलिङ गर्दै १७ रन खर्चिए तर विकेट लिएनन्

काठमाडौं । मास्टर ब्लास्टर सचिन तेन्दुलकरका छोरा अर्जुनले इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा डेब्यु गरेका छन् ।

अहिले भइरहेको कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा मुम्बई इन्डियन्सले अर्जुनलाई प्लेइङ सेटमा समावेश गरेको थियो । पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८६ रन जोडेको छ ।

बायाँ हाते मिडियम फास्ट अर्जुनलाई पहिलो ओभरमै बलिङमा ल्याइएको थियो। उनले त्यस ओभरमा ५ रन मात्र खर्चिएका थिए । त्यसपछि लगत्तै तेस्रो ओभरमा आएका अर्जुनले १२ रन दिए ।

उक्त ओभरको अन्तिम दुई बलमा वेन्कातेस अयरले एक छक्का र एक चौका प्रहार गरेका थिए। मुम्बईका कप्तान रोहित शर्माले त्यसपछि भने अर्जुनलाई बलिङमा ल्याएनन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर