एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा – Nepal Press

एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । मंगलबारदेखि सुरु हुने एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा भएको छ ।

१४ सदस्यीय टोलीमा यसअघि विश्वकप लिग-२ को अन्तिम शृंखला खेलेका सबै खेलाडी समावेश छन् । नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन ।

टोलीमा रोहित पौडेलको कप्तानीमा कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन् ।

यस्तै गुलशन झा, प्रतिस जीसी, भीम सार्की, करण केसी र ललितनारायण राजवंशी पनि नेपाली टोलीमा छन् । नेपालले घरेलु मैदानमा यो प्रतियोगिता खेल्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर