सुदूरपश्चिमका नदिबाट नेपाल भारत संयुक्त लगानीमा विद्दुत उत्पादन गरौं: मुख्यमन्त्री शाह – Nepal Press

सुदूरपश्चिमका नदिबाट नेपाल भारत संयुक्त लगानीमा विद्दुत उत्पादन गरौं: मुख्यमन्त्री शाह

महेन्द्रनगर । सुदूपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम् प्रदेशका नदिमा नेपाल र भारत दुई देशको संयुक्त लगानीबाट विद्धुत उत्पादन गर्नुपर्ने बताएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालय परिषरमा आयोजना भएको नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्डका प्रतिनिधिहरु सहभागी भएको तीन दिने मानसखण्ड अन्तर्राष्ट्रिय गोष्ठीमा बोल्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् ।

नेपाल र भारतको यी दुई देश हुनु भन्दा पुरानो सभ्यताको सम्बन्ध भएको र मनासखण्डले दुई देश र प्रदेश जोडिएको मुख्यमन्त्री शाहले बताए।

नेपाल भारतको संस्कृतिक सम्बन्ध जस्तै आर्थिक सम्बन्ध बलियो हुनुपर्ने भन्दै शाहले भने, ‘नेपाल र भारतले संयुक्त लगानीमा यो प्रदेशमा भएका नदिबाट विद्धुत उत्पादन गरेर एसियामा बेच्न सकिन्छ ।’

यस्तै प्रदेशका पूर्व मुख्यमन्त्री तथा वक्ता राजेन्द्र सिंह रावलले सुदूरपश्चिम र उत्तराखण्डलाई संस्कृतिक रूपमा जोड्न आवश्यक भएको बताए।

कार्यक्रममा दुई क्षेत्रको इतिहास बारेमा बोल्दै रावलले दुई संस्कृति जोड्ने थुप्रै लेखौट, शिलालेख र मन्दिरहरु भएको भन्दै एक देशलाई समस्या हुँदा अर्कोले साथ दिनुपर्ने तर्क गरे।

प्रतिक्रिया

One thought on “सुदूरपश्चिमका नदिबाट नेपाल भारत संयुक्त लगानीमा विद्दुत उत्पादन गरौं: मुख्यमन्त्री शाह

  1. पञ्चेश्वर, टनकपुरको विजुली कहाँ गय‍ो ? पहिला त्यो कायम गर । नत्र किन दिल्लीको दलाल बनेको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर