नेकपा एसका मन्त्रीहरुले नेता कार्यकर्तासँग पार्टी कार्यालयमै भेट्ने, यस्ताे छ तालिका – Nepal Press

नेकपा एसका मन्त्रीहरुले नेता कार्यकर्तासँग पार्टी कार्यालयमै भेट्ने, यस्ताे छ तालिका

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा गएको मन्त्रीलाई पार्टी कार्यालयमै भेट्न व्यवस्था मिलाएको छ ।

नेता तथा कार्यकर्तासँग सरकारमा रहेका मन्त्रीहरुको सहजै भेटको व्यवस्था मिलाउनको लागि समय निर्धारण गरिएको उपमहासचिव गंगालाल तुलाधरले बताए ।

आइतबार र बुधबार दिउँसो २ देखि ३ बजेसम्म कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसाल र सोमबार र शुक्रबार सोही समयमा भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालालाई भेट्ने समय तोकिएको छ ।

यसअघि आजैबाट नेकपा माओवादी केन्द्रले पनि प्रधानमन्त्री र पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई पार्टी कार्यालयमै कार्यकर्तासँग भेट्ने व्यवस्थाको सुरुआत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर