नेकपा एसका प्रवक्ता भन्छन्- मुकुन्द न्यौपानेको फरक मत पार्टीमा छलफल गर्न लायक नै थिएन (भिडिओ) – Nepal Press

नेकपा एसका प्रवक्ता भन्छन्- मुकुन्द न्यौपानेको फरक मत पार्टीमा छलफल गर्न लायक नै थिएन (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीमा छाडेर गएको नेता मुकुन्द न्यौपालेको फरक मत पार्टीमा छलफल गर्न लायक नभएको बताएका छन्।

सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै उनले नेता न्यौपानेको प्रस्ताव पार्टीविपरीत भएको बताए।

उनले भने, ‘उहाँले पार्टी छाडेपछि हाम्रो अभिलेखबाट नाम हटाउने निर्णय गरेका छौँ। उहाँको आरोप खण्डन गर्न लायक पनि छैनन्। त्यसैले हामीले त्यतातिर धेरै गएनौँ।’

नेता न्यौपानेले गरेको प्रस्तावलाई पार्टीमा एक जनाले पनि समर्थन नगरेको बताए।

खतिवडाले भने, ‘उहाँको प्रस्ताव गलत थियो। पार्टीको नीति र भावनाको विरुद्धमा थियो। हामीले पार्टी जुन कारणले स्थापना गरेका थियौँ त्यसको बर्खिलापमा थियो। त्यस कारण त्यो प्रस्ताव छलफल गर्न लायक नै थिएनन्।’

प्रतिक्रिया

2 thoughts on “नेकपा एसका प्रवक्ता भन्छन्- मुकुन्द न्यौपानेको फरक मत पार्टीमा छलफल गर्न लायक नै थिएन (भिडिओ)

  1. ओलीलाई अरुका कुरा नसुन्ने भन्ने खतिवडा अति बडा भएछन् । कसरी भन्न सकेका हुन् यिनी – आफ्नै पार्टीका दोस्रो तेस्रो तहका नेताको कुरा सुन्न र छलफल गर्न लायक छैन रे। ऐना अघि मिठा र चिप्ला कुरा गर्न सिक्ने र जनताका सामु बक्ने । यस्ता नालायकहरुलाई सुनेर माथि पुराउने जनता नै अलमल भएर हो ।

  2. न्यौपानेले उठाएका कुरा सही छन् । त्यसैले त दिल्लीको लागि दलालहरूलाई छलफल गर्न लायक नै भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर