बैठकमा शेखर-गगनले भने : तीन मन्त्री र एक राज्यमन्त्री पायौँ, उपनिर्वाचनपछि सरकारमा जान्छौं – Nepal Press

बैठकमा शेखर-गगनले भने : तीन मन्त्री र एक राज्यमन्त्री पायौँ, उपनिर्वाचनपछि सरकारमा जान्छौं

गठबन्धनमा कांग्रेसले ९ मन्त्री र एक राज्यमन्त्री पाउने

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा ९ मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी हुने भएको छ। यसअघि सत्ता गठबन्धन दलहरुबीच ८ मन्त्रालय मात्रै पाउने सहमति भएको थियो।

तर, अहिले सरकारमा जाँदा ९ मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा जाने कांग्रेस नेता सुरेन्द्र आचार्यले बताए।

उनले भने, ‘कांग्रेसबाट अहिले ४ जना सरकारमा गइसक्नुभएको छ। अब पाँच मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी हुने कुरा आजको बैठकमा शेखर–गगन दाइले ब्रिफिङ गर्नुभएको छ।’

पार्टीबाट सरकारमा जानेहरूको नाम लगभग तय भइसकेको उनले बताए। आजको बैठकमा आफूहरूको अडानको कारणले तीन मन्त्री र एक राज्यमन्त्री पाउन सफल भएको डा. शेखर कोइराला र गगन थापाले बैठकमा राखेको सुनाए।

उनले भने, ‘पहिला हामीलाई दुई मन्त्री मात्रै दिने भनिएको थियो। शेखर-गगन दाइ हाम्रो अडानको कारणले नै अहिले मन्त्रालयको संख्या थप्न सफल भएको बताउनुभयो।’

उनले वैशाख १० को उपनिर्वाचन पछि मात्रै अब सरकारले पूर्णता पाउने जानकारी गराएको समेत बताए। इतर समूहबाट उपसभापति धनराज गुरुङ, मोरङ १ डिगबहादुर लिम्बु र कपिलवस्तु २ का सुरेन्द्र आचार्य र राज्यमन्त्रीमा जाजरकोटकी मैना रावल कार्की सरकारमा जाने निश्चित भएको छ।

संस्थापन पक्षबाट पार्टी सभापति देउवाले मोहन बस्नेत र एनपी साउदलाई सरकारमा पठाउने तय भएको नेता आचार्यले बताए। उनले थपे, ‘उहाँहरूले परराष्ट्र र स्वतन्त्र मन्त्रालय लिनुहुन्छ। तर, हाम्रो मन्त्रालयबारे अहिलेसम्म टुंगिएको छैन।’

आफ्नो पक्षबाट सरकारमा जाने मन्त्री र मन्त्रालय, पार्टीका पछिल्ला गतिविधिलगायतको विषयमा छलफल गर्न शेखर–गगन समूहको बैठक बालुवाटारमा बसेको थियो।

प्रतिक्रिया

One thought on “बैठकमा शेखर-गगनले भने : तीन मन्त्री र एक राज्यमन्त्री पायौँ, उपनिर्वाचनपछि सरकारमा जान्छौं

  1. वैशाख १० सम्म हो । त्यसपछि खाए २ मन्त्री खाउ नखाए जाउ भनेर देउवाले नोकरलाई हप्काए झैं हप्काएपछि लुरूक्क परेर २ मन्त्री खान्छन् । पार्टीमा शेखर गगनको हैसियत नै छैन । अहिले त दिन्न भन्दा चुनावमा असरपर्ला भनेर यी भेडाजस्तालाई घाँस देखाएका हुन् देउवाले । भेडा घाँस पाए पछि मख्ख ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर