युवा संघको नेतृत्वका लागि थेबे र रावलको प्यानल चुनावी मैदानमा, यस्तो छ उम्मेदवारको अन्तिम सूची – Nepal Press

युवा संघको नेतृत्वका लागि थेबे र रावलको प्यानल चुनावी मैदानमा, यस्तो छ उम्मेदवारको अन्तिम सूची

रुपन्देही । बाँकेको नेपालगन्जमा सुरु नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्वका लागि अधिकांश पदमा दुुईभन्दा बढी उम्मेदारहरुको मनोनयन दर्ता भएको छ ।

निर्वाचन प्रकृया लम्बिएपछि पूर्वनिर्धारित समयमा महाधिवेशन नसकिने भएको हो । सोमबारदेखि शुरु भएको बन्दसत्र मंगलवार राति सकेर निर्वाचनको प्रक्रिया सुरु भएको थियो ।

रातिसम्मको मनोनयन समयतालिका सार्वजनिक गरिएपनि त्यसअघि प्रकाशित मतदाता नामावलीमा केही प्रतिनिधिको नाम छुटेपछि आज पुनः थपेर मनोनयनको समय थपिएको र अहिले भरखर मात्रै उम्मेदारहरुको अन्तिम नामवली सार्वजनिक भएको प्रमुख निर्वाचन अधिकृत धु्रव बस्यालले जानकारी दिए ।

महाधिवेशनमा भाग लिन देशभरबाट दुई हजारभन्दा बढी युवा प्रतिनिधि नेपालगञ्ज आएका छन् । नयाँ नेतृत्वको लागि अध्यक्षमा सन्तोष रावल र क्षितिज थेवेले उम्मेदारी दिएका छन् । क्षितिज थेबेको प्यानलबाट महासचिवमा सुमन पुरी उम्मेदवार छन् भने रावलको प्यानलबाट महासचिवमा अन्जना अधिकारी उम्मेदवार बनेकी छन

त्यसैगरी खुल्ला उपाध्यक्षमा कृष्णहरि कसी, प्रकाश गौतम र विष्णुहरि त्रिपाठीको उम्मेदारी परेको छ । महिला उपाध्यक्षमा सीता सुवेदी र सुमित्रा बोगटी, समावेशी उपाध्यक्षमा पुष्पराज श्रेष्ठ र अमित लामा, महासचिवमा सुमन पुरी र अन्जना अधिकारी, उपमहासचिवमा प्रकाश लामिछाने, कुबेर अधिकारी, रमेश तिवारी र महाराज गुरुङको उम्मेदारी परेको छ ।

त्यसैगरी अन्य पदाधिकारी, आयोग तथा सदस्यहरुमा दुईभन्दा धेरै उम्मेदारी परेको निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम उम्मेदारी तालिकामा उल्लेख जनाइएको छ ।

अनुशासन आयोग सचिवमा राजबहादुर शाही र राजन नेपाली, लेखा आयोग प्रमुखमा दिलिप थिङ र सन्तोष चौलागाई, लेखा आयोग उपप्रमुखमा हरिवंश भण्डारी र नानीराम तिवारी, लेखाआयोग सचिवमा रुमेश कटुवाल र प्रविण बोगटी, निर्वाचन आयोग प्रमुखमा सम्पन्न श्रेष्ठ, शिवराज रिमाल र बलराम बेलवासे, निर्वाचन आयोग उपप्रमुखमा नितेश रावल, लिलबहादुर जिसी र रामबहादुर छतकुली र प्रदेश सचिवहरुमा पनि अवश्यकभन्दा धेरै उम्मेदारी परेको छ ।

निर्वाचन समितिले केही समयपछि मतदानको प्रकृया थाल्ने जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर