नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहका मुख्य योजनाकार पक्राउ – Nepal Press

नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहका मुख्य योजनाकार पक्राउ

रुपन्देही । नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहका मुख्य योजनाकार पक्राउ परेका छन् । दाङ घर भएका सन्देश शर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

प्रहरीको खोजी सूचीमा रहेका शर्मालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । सोही प्रकरणमा यसअघि प्रहरीले केशव दुलालसहितका ४ जनालाई पक्राउ गरेको थियो ।

शरणार्थी परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा आफूहरू ठगिएको भन्दै पीडितहरूले २०७९ जेठ १८ मा पहिलो पटक प्रहरीमा जाहेरी दिएका थिए । उजुरी परेपछि सो प्रकरणमा उच्च पदस्थहरू नै संलग्न भएको भन्दै आरोपितहरुले आफूलाई पक्राउ गर्नबाट रोकाएका थिए ।

नक्कली परिचयपत्र बनाएर आफूहरूलाई ठगेको आरोपमा १४५ जनाले प्रहरीमा उजुरी दिइसकेका छन् । आरोपितहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *