अडिओ प्रकरण- केन्द्रीय समिति बैठकमा ढाकालाई बाेल्न दिइने – Nepal Press

अडिओ प्रकरण- केन्द्रीय समिति बैठकमा ढाकालाई बाेल्न दिइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे केन्द्रीय समितिकाे बैठक सुरु भएकाे छ । बैठकमा आराेपित सांसद ढाकाकुमार श्रेष्ठलाई पनि बाेलाएकार सफाइकाे माैका दिइएकाे छ ।

केन्द्रीय समितिमा नरहेका ढाका आफ्नाे कुरा राखेर बाहिरिनेछन् । उनले मिडियालाई संक्षिप्त प्रतिक्रिया दिएका छन् ।

व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडिओ सार्वजनिक भएपछि त्यसबारे निर्णय लिन बैठक बसेकाे हाे । तर, श्रेष्ठले अडिओ आफ्नो नभएको दाबी गर्दै आएका छन् ।

केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन मङ्गलबार सभापति लामिछानेलाई बुझाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर