फेयर ब्रेक टी-२० मा रुबिनाको अलराउन्ड प्रदर्शन, ५ विकेट लिँदै बनिन् प्लेयर अफ दि म्याच – Nepal Press

फेयर ब्रेक टी-२० मा रुबिनाको अलराउन्ड प्रदर्शन, ५ विकेट लिँदै बनिन् प्लेयर अफ दि म्याच

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमकी कप्तान रुविना क्षेत्रीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा जारी फेयर ब्रेक इन्भिटेशनल महिला टी–२० क्रिकेट प्रतियोगितामा बार्मी आर्मीले उत्कृष्ट जीत निकालेको छ ।

हङकङमा जारी प्रतियोगितामा बार्मी आर्मीले बुधबार साफायर्सलाई ६१ रनले पराजित गर्दै प्रतियोगितामा चौथो जीत निकाल्यो । बार्मी आर्मीको जीतमा रुविनाले बलिङ र ब्याटिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरिन् ।

ब्याटिङमा अविजीत ३२ रन जोडेकी रुबिनाले ४ ओभर बलिङ गर्दा १ मेडन राख्दै ११ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिँदै ‘प्लेयर अफ दी म्याच’ भइन् ।

कउलन क्रिकेट क्लबमा टस जितेर पहिला फिल्डिङ रोजेको साफायर्सले १६९ रनको लक्ष्य पाएको थियो ।

दोस्रो इनिङमा बार्मी आर्मीले दिएको १६९ रनको लक्ष्य पछ्याएको साफायर्स १५.५ ओभरमा १०७ रन बनाउँदै अलआउट भयो ।

जारी प्रतियोगितामा बार्मी आर्मी ४ खेलमा ४ जीत र १ हारको नतिजासहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर