‘कोशी’ नामकरणले जातीय द्वन्द्व कम भयो : माधव नेपाल – Nepal Press

‘कोशी’ नामकरणले जातीय द्वन्द्व कम भयो : माधव नेपाल

विराटनगर । नेकपा एकीकृत समाजवादीको अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेश नामकरण हुनु राम्रो भएको बताएका छन्। इटहरी नेकपा एसले पत्रकारसँग गरेको अन्तरक्रिया कार्यक्रममा नेपालले कोशी प्रदेश नामकरण हुनु उपयुक्त भएको बताए ।

‘हामीले प्रदेशको नामको विषयमा सचिवालयमा छलफल गर्‍यौँ, साझा पहिचान हुनुपर्छ भन्ने माग उठ्यो’, नेपालले भने ‘अन्य प्रदेशको नामकरण भूगोलकै आधारमा भएको छ । यसले राम्रो भएको छ ।’

उनले कोशीको नाम बहुमत सदस्यले पास गर्नु जातीय द्वन्द्वमा जान रोकिएको बताए । उनले यसले राम्रो सन्देश गएको बताए ।

कोशी प्रदेश सचिवालयले पोजेटिभ तरिकाले हेरेकाले आफूहरू नामकरणमा असन्तुष्ट नरहेको नेपालले बताएका हुन् । यता प्रदेश एकको नाम कोशी प्रदेश राख्ने भन्ने विषयमा भने नेकपा एकीकृत समाजवादीले विपक्षमा मत हालेका थिए ।

कोशी प्रदेशले पहिचान नसमेट्ने भन्दै नेकपा एस संसदीय दलका नेता राजेन्द्र राईले भने ‘किराँत, लिम्बुवान, शेर्पालुङ’ प्रदेशको प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर