नेपाल बैंकका ग्राहकलाई दराजमा २० प्रतिशतसम्म छुट – Nepal Press

नेपाल बैंकका ग्राहकलाई दराजमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडले बैंकमा खाता रहेका ग्राहकलाई अनलाईन खरिदमा २० प्रतिशत सम्मको छुटका लागि दराजसँग सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले दराजमा अप्रिल ११ देखि १४ गते सम्म डेबिट कार्ड मार्फत प्रिपेमेन्टमा ८ प्रतिशत अथवा अधिकतम ७५० रुपैयाँ बराबरको छुट पाउने र क्रेडिट कार्ड मार्फत १० प्रतिशत अथवा एक हजार रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्ने जनाइएको छ । साथै ग्राहकले अप्रिल १० देखि २० सम्म २० प्रतिशत अथवा दुई सय रुपैयाँ सम्मको छुट पाउन सक्नेछन् ।

अफरका लागि दराज प्रयोगकर्ताले बैंकको शाखाहरुमा सम्पर्क गरी बैंक कार्डमा ई कमर्स सक्रिय गर्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *