ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १० प्रतिशतदेखि एक हजारसम्म छुट
काठमाडौं । ग्लोबल आइएमई बैंकले दराजबाट सामान किन्दा १० प्रतिशत देखि एक हजार रुपैयाँसम्म छुट योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा ८ देखि १० प्रतिशतसम्म छुट प्राप्त गर्ने जनाइएको छ ।
त्यस्तै बैंकको डेबिट कार्ड प्रयोगकर्ताले ८ प्रतिशत वा ७५० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत वा एक हजार रुपैयाँसम्म छुट पाउने बैंकले जनाएको छ ।
प्रयोगकर्ताले दराज एपबाट ग्लोबल आइएमई बैंकको छुट भौचर लिनुपर्नेछ । एक जनाले एकपटक मात्र छुट पाउन सक्ने समेत जनाइएको छ ।
योजना यहीँ चैत्र २८ देखि नयाँ वर्ष वैशाख १ गतेसम्म मान्य रहने जनाइएको छ ।