करिब ४६ हजार अमेरिकी डलरसँगै ९ नेपालीसहित ३ विदेशी पक्राउ – Nepal Press

करिब ४६ हजार अमेरिकी डलरसँगै ९ नेपालीसहित ३ विदेशी पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ जना नेपाली र तीनजना विदेशीलाई ४५ हजार अमेरिकी र ९२५ यूरो डलरसहित पक्राउ गरेको छ ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियामा चेक-जाँच गर्ने क्रममा सोमबार र मंगलबार ९ जना नेपाली तथा ३ जना विदेशी यात्रुहरुको साथबाट ४५ हजार ५३३ अमेरिकी र ९१५ यूरो डलर बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ ।

उनीहरुको राहदानी चेक-जाँच गर्दा उल्लेखित परिमाणको रकमको दरपिठ गरेको नदेखिएको साथै अबैध रुपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लान लागेकाले उनीहरुलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको जनाइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *