दोहोरो अंकले उकालो लाग्यो नेप्से
नेपाल प्रेस
२०७९ चैत २८ गते १५:१६
काठमाडौं । सताको तेस्रो दिन नेप्से दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक २७.३१ अंकले बढेर १८७१.३३ विन्दुमा कायम भएको छ ।
अघिल्लो दिन सोमबार ५.५४ अंकले बढेको बजारमा आज ३३ लाख १५ हजार ७२० कित्ता शेयरको किनबेच हुँदा ९४ करोड ५२ लाख ४९ हजार १७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारका आधारमा आज कालिञ्चोक दर्शन लिमिटेड सकारात्मक सर्किटका साथ शीर्ष स्थानमा रहेको छ । त्यस्तै सर्वाधिक घाटामा सानिमा मिडिल तमोर हाइड्रोपावर रहेको छ ।
त्यसैगरी उपसमूहतर्फ रहने १३ वटै समूहको शेयर मूल्य बढेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर