सुनसरीको बर्जु गाउँपालिकाका इञ्जिनियर २० हजार रुपैयाँ घूससहित पक्राउ
नेपाल प्रेस
२०७९ चैत २७ गते १९:०८
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घूस लिएको आरोपमा सुनसरीको बर्जु गाउँपालिकाका इञ्जिनियर अजयकुमार मेहतालाई पक्राउ गरेको छ ।
अख्तियारको टोलीले सोमबार २० हजार रुपैयाँ घूस लिएको आरोपमा मेहतालाई पक्राउ गरिएको जनाएको छ । उनी विराटनगर महानगरपालिका–५ बाट पक्राउ परेका हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया
One thought on “सुनसरीको बर्जु गाउँपालिकाका इञ्जिनियर २० हजार रुपैयाँ घूससहित पक्राउ”
Leave a Reply
सम्बन्धित खवर
राम्रो अपरेशन गर्नु वडाअध्यक्ष, मेयर, प्रशासकीय प्रमुख, ईन्जिनियर घुसमा नसमातिने विरलै पालिका होलान ।