संघ र प्रदेशमा सांसदको संख्या कटौती गर्न खिमलाल देवकोटाको प्रस्ताव – Nepal Press

संघ र प्रदेशमा सांसदको संख्या कटौती गर्न खिमलाल देवकोटाको प्रस्ताव

काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल देवकाटाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य संख्या कटौती गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले २७५ जनाको प्रतिनिधिसभालाई १६५ र ५५० जनाको प्रदेशसभालाई ३३० बनाउनुपर्ने बताएका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको सवलीकरण र स्थायित्वका लागि पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य संख्या घटाउन उपयुक्त हुने सांसद देवकोटाको तर्क थियो ।

उनले भने, ‘२७५ जनाको प्रतिनिधिसभा र ५५० जनाको प्रदेशसभाको संख्या धेरै भयो, ठूलो भयो । यसलाई क्रमशः १६५ र ३३० मा सिमित गरी निर्वाचन प्रणालीमा सुधार मात्रै गर्ने हो भने यो शासन व्यवस्थाको सवलीकरण र स्थायित्वमा खासै समस्या पर्दैन । र, १६५ वटा निर्वाचन क्षेत्रको सन्दर्भमा पनि काठमाडौंमा जुन १० वटा निर्वाचन क्षेत्र छ । त्यो चाँही धेरै भयो । र, निर्वाचन क्षेत्रको निर्धारण पनि बैज्ञानिक छैन ।’

सांसद देवकोटाले काठमाडौंमा धेरै वटा निर्वाचन क्षेत्र भएको पनि बताए । उनले निर्वाचन क्षेत्र निर्धारण वैज्ञानिक बनाउन पनि सरकारसँग माग गरे ।

प्रतिक्रिया

One thought on “संघ र प्रदेशमा सांसदको संख्या कटौती गर्न खिमलाल देवकोटाको प्रस्ताव

  1. संघिय संसदलाइ बढीमा १०० र प्रदेश संसदमा पनि १०० सदस्यहरूमा सिमित गरेर सोही अनुरूपको निर्वाचन संरचना तयार गरिएमा उत्तम तथा उपलब्धिमूलक संसद बनी अार्थिक वचत हुने देखिन्छ । झोले कार्यकर्ता भर्ना गर्ने व्यवस्था गरेरमात्र यो व्यवस्था टिक्न गारो छ । जतिसक्यो मितव्ययी हुने व्यवस्था गनुपर्छ । स्थानिय सरकारले धेरै जसो कार्यहरू गर्ने भएकाले प्रदेश सरकारलाइ संघिय सरकार र स्थानिय सरकार बिचमा समन्वय गर्ने निकायका रूपमा मात्र विकसित गरिनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर