संसदीय समिति एक-दुई दिनमै, दलहरूले भोलि बेलुकासम्म नाम दिने (भिडिओ) – Nepal Press

संसदीय समिति एक-दुई दिनमै, दलहरूले भोलि बेलुकासम्म नाम दिने (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिका लागि भोलि (मंगलबार) साँझसम्म नाम पठाउने दलहरूबीच सहमति भएको छ ।

सोमबार बसेको राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसहितको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अबको एक, दुई दिनभित्र नै विषयगत समितिहरूको टुंगो लगाउने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले हालसम्म २० वटा बैठक बसिसकेपनि विषयगत समिति बन्न नसकेकाले विषयगत समिति बनाउने विषयमा छलफल केन्द्रित भएको बताए । उनले एमालेले पनि मंगलबार बेलुकासम्म समितिका लागि सदस्यहरूको नाम पठाउने जानकारी दिए ।

सचेतक बर्तौलाले भने, ‘हामीले ९१ दिनभित्र विषयगत समितिजस्तो महत्वपूर्ण समिति आजसम्म निर्माण गर्न सकेका छैनौँ, भोलि बेलुकासम्म १० वटा विषयगत समितिहरूमा सबै दलहरूले विषयगत समितिमा प्राप्त गर्ने संख्याका आधारमा सहभागिता गराउने गरी संसद सचिवालयलाई नाम उपलब्ध गराउने कुरा भएको छ । अबको एक-दुई दिनभित्र विषयगत समितिको टुंगो लाग्छ ।’ बनाउने कुरा

संसदीय सुनुवाइ समिति नहुँदा विभिन्न प्रक्रियामा अवरोध भएको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर