प्रधानमन्त्रीलाई गगनको आग्रह- महानगरसँगको टकराब टुंग्याउन छलफल गरेर जायज माग पूरा गर्नुस् (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीलाई गगनको आग्रह- महानगरसँगको टकराब टुंग्याउन छलफल गरेर जायज माग पूरा गर्नुस् (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई काठमाडौं महानगरपालिकासँग आवश्यक विषयमा समन्वय गर्न माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘बाग दरबार र सिंहदरबारबीच टकराब देखिएको छ। काठमाडौं महानगरपालिकाको फोहोर नउठाउने भनेर जनप्रतिनिधि आफ्नो असहमति प्रकट गर्दै गर्दा अत्यावश्यक सेवा अवरुद्ध गराएर आफ्नो माग पूरा गराउने शैली यो ठिक वा बेठिक बहस हुन सक्ला।’

अहिले देखिएको समस्या सल्टाएर जायज माग पुरा गर्न सरकारसँग माग गरेका छन्। उनले महानगरसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहल गरे तत्काल छलफल गर्न आग्रह गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर