युवा संघको महाधिवेशन उद्घाटन गर्न एमाले अध्यक्ष ओली नेपालगन्जमा, विमानस्थलमा स्वागत गर्नेको भीड – Nepal Press

युवा संघको महाधिवेशन उद्घाटन गर्न एमाले अध्यक्ष ओली नेपालगन्जमा, विमानस्थलमा स्वागत गर्नेको भीड

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालगन्ज पुगेका छन्। पार्टी निकट युवाहरूको संगठन राष्ट्रिय युवा संघ नेपालको नवौँ महाधिवेशन उद्घाटन ओलीसहित एमाले शीर्ष नेताहरू नेपालगन्ज पुगेका हुन्।

ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, भानुभक्त ढकाललगायतका नेताहरूलाई विमानस्थलमा एमालेका पोलिटब्युरो सदस्य एव राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेत, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेललगायतले स्वागत गरेका छन्।

ओली नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने स्वागतका लागि बुद्ध एयरको ढोकासम्म कार्यकर्ताको भिड लागेको थियो। युवा संघको महाधिवेशन आजदेखि २९ गतेसम्म चल्ने जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर