पर्यटन मन्त्रालयद्वारा सबै पर्यटन दूत बर्खास्त – Nepal Press

पर्यटन मन्त्रालयद्वारा सबै पर्यटन दूत बर्खास्त

काठमाडौं । पर्यटन मन्त्रालयले बहालवाला सबै पर्यटन पर्यटन दूत बर्खास्त गरेको छ ।

‘पर्यटन प्रवर्द्धकसम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गर्दै प्रक्रिया पूरा गरी पुनः नियुक्ति हुन सक्ने गरी बहाल रहेका सबै पर्यटन दूतहरूलाई बर्खास्त गरेको हो ।

निवर्तमान पर्यटनमन्त्री जीवनराम श्रेष्ठको कार्यकालमा विभिन्न मुलुकमा नियुक्त गरिएका २५ जना पर्यटन दूतको नियुक्ति खारेज गरेको जनाइएको छ ।

यसै गरी, पर्यटनमन्त्री सुदन किराँतीले आइतबार मन्त्रीस्तरीय निर्णय गरी नेपालगञ्जबाट भारतका विभिन्न सहरमा अन्तर्राष्ट्रिय उडान पहल गर्नका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्ने निर्णय पनि लिएका छन् ।

प्रतिक्रिया

One thought on “पर्यटन मन्त्रालयद्वारा सबै पर्यटन दूत बर्खास्त

  1. बर्खास्त नगरी कसरी आफ्नालाई नयाँको रूपमा भर्ना गर्नु ? पैसा कतिसँग त बुझिसकिएको होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर