युवा संघको राष्ट्रिय महाधिवेशन आजबाट, ओलीले उद्घाटन गर्ने – Nepal Press

युवा संघको राष्ट्रिय महाधिवेशन आजबाट, ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन हुदैँछ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने सो महाधिवेशन २७–२९ गतेसम्म जारी रहनेछ ।

नेपालगन्जमा हुने महाधिवेशनको उद्घाटन कार्यक्रममा १० हजार भन्दा बढीको जनसहभागिता रहने संघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीले जानकारी दिए । उनका अनुसार महाधिवेशनमा २ हजार बढी प्रतिनिधिले सहभागिता जनाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर