बजेट निर्माणका लागि अर्थ मन्त्रालयले माग्यो सुझाव, वैशाख १५ सम्ममा पठाइसक्न आग्रह – Nepal Press

बजेट निर्माणका लागि अर्थ मन्त्रालयले माग्यो सुझाव, वैशाख १५ सम्ममा पठाइसक्न आग्रह

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको बजेट तर्जुमाका लागि अर्थ मन्त्रालयले सरोकारवाला निकायसँग सुझाव माग गरेको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै आगामी वैशाख १५ सम्ममा आवश्यक सुझाव पठाउन विभिन्न संघ, संस्था, बुद्धिजीवि, विज्ञ, राजनैतिक दल, व्यवसायी, पेशाकर्मी, कर्मचारी संचारजगत तथा आम नागरिकतामा अनुरोध गरेको हो ।

सरोकारवाला निकायले मन्त्रालयको वेबसाइटमा रहेको बजेट सज्जेशन ट्याबमार्फत तथा इमेलबाट समेत सुझाव पठाउन सक्ने मन्त्रालयको सूचनामा उल्लेख गरिएको छ ।

सरकारले बजेट निर्माणका लागि सहसचिव भुपाल बराल संयोजकत्वमा ६ सदस्यीय मस्यौदा समिति गठन गरिसकेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *