एन्ट्री लेभल च्याम्पियन रियलमी सी ५५ नेपाली बजारमा आउँदै
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले सि सिरिजको लेटेस्ट मोडल सि-५५ नेपाली बजारमा ल्याउने भएको छ ।
कम्पनीले नेपालमा यस सिरिजलाई चाडै ल्याउने तयारी भइसकेको बताएको छ ।
६४ एमपि क्यामरा र ३३ वाट फास्ट चार्जिङ, ९० हर्जको फुल एच्डि प्लस डिस्प्ले, १२ एनएमको मेडियाटेक हेलियो जि ८८ चिपसेट, २ लाख ७३ हजार ३ सय ६४ एन्टुटु बेन्चमार्क स्कोर र एन्ड्रोइड फोनहरुमै पहिलो मिनी क्याप्सुल रहेकोले जनाइएको छ ।
त्यस्तै, मोटाइ भने ७.८९ एमएम, चार्ज नोटिफिकेसन, डेटा युजेज नोटिफिकेसन र स्टेप नोटिफिकेसन समेत रहेको छ । त्यस्तै, स्मार्टफोन २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी सहितको तयार गरिएको कम्पनीले बताएको छ ।