नेप्से परिसूचक २८ अंकले घट्यो
नेपाल प्रेस
२०७९ चैत २६ गते १५:३४
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।
आज नेप्से परिसूचक २८.३१ अंकले घटेर १८३८.४८ बिन्दुमा कायम भएको छ ।
आजको विभिन्न कम्पनीका ३८ लाख ४३ हजार ७१३ कित्ता शेयरको खरिद बिक्री हुँदा १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४११ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारका आधारमा आज सर्वाधिक नाफा कमाउनेमा कालिन्चोक दर्शन लिमिटेड रहेको छ । त्यस्तै, सवार्धिक घटामा माछापुच्छ्रे बैंक डेबेन्चर २०५८ रहेको छ ।
आइतबार नबिल बैंक ५ करोड ७८ लाख ५५ हजार ७ सय ४२ रुपैयाँका साथ शिर्ष स्थानमा रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर