ढाकालाई निलम्बनको पत्र बन्दै, सांसद र पार्टी सदस्यको हैसियतमा काम गर्न रोक – Nepal Press

ढाकालाई निलम्बनको पत्र बन्दै, सांसद र पार्टी सदस्यको हैसियतमा काम गर्न रोक

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्यमन्त्री बन्न दुई करोड रूपैयाँ सहयोग मागेको अडिओ सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ कारबाहीमा पर्ने भएका छन् । रास्वपाले उनलाई तत्काल निलम्बन गर्ने प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।

उपत्यकाबाहिर रहेका सभापति रवि लामिछानेले श्रेष्ठलाई एक साताका लागि निलम्बनको पत्र थमाउन निर्देशन दिइसकेका छन् । त्यसअनुसार आजै निलम्बन गरेर उनीमाथि छानबिन हुने भएको हो । रास्वपाले पार्टीको अनुशासन समितिलाई यसबारे छानबि गर्न जिम्मा दिनेछ ।

प्रवक्ता डा. ढकालले अनुशासन समितिले बुझाउने प्रतिवेदनका आधारमा पार्टीको केन्द्रीय समितिले एक सातापछि निर्णय लिने बताए ।

‘अनुशासन समितिलाई छानबिनका लागि एक साताको समय दिएर उहाँहरूबाट प्रतिवेदन आएपछि प्रक्रियागतरूपमा निर्णय हुनेछ,’ उनले भने, ‘सात दिनसम्म उहाँले सांसद र पार्टी सदस्यका रूपमा कुनै पनि काम गर्न पाउनुहुन्न ।

यदि आरोप प्रमाणित भएको खण्डमा रास्वपाले केन्द्रीय समितिबाट निर्णय गरेर निर्वाचन आयोगलाई समेत पत्राचार गर्ने छ । ढाकालाई समानुपातिक सांसदबाट हटाएर उनको स्थानमा अर्को उम्मेदवारलाई सांसद बनाउन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर