गणतन्त्रको पञ्चायतीकरण भयो : घनश्याम भुसाल – Nepal Press

गणतन्त्रको पञ्चायतीकरण भयो : घनश्याम भुसाल

काठमाडौ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले गणतन्त्रको पञ्चायतीकरण भएको बताएका छन् ।

आइतबार इलाममा सुरु भएको साहित्य महोत्सवमा ‘राजनीतिमा एजेन्डा कि अनुहार’ शीर्षक प्यानल छलफलमा भुसालले दलहरु जनताका एजेन्डाबाट टाढा भएको भन्दै यस्तो बनाएका हुन् ।

‘पञ्चायतले आफूलाई दरबारकरण गरेको थियो’, उनले भने, ‘गणतन्त्र पञ्चायतीकरण भएको छ ।’

एजेन्डाविनाको अनुहार मुखुण्डोमात्रै हुने भन्दै भुसालले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रले एजेन्डा छोडेर जनताबाट टाढा भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर