प्रधानमन्त्रीलाई बुद्ध एयरको रातो कार्पेट
नेपाल प्रेस
२०७९ चैत २६ गते १२:३६
कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीलाई बुद्ध एयरले रातो कार्पेट बिछ्याएको छ ।
काठमाडौँबाट धनगढी आएका प्रधानमन्त्री प्रचण्डलाई बुद्ध एयरले काठमाडौँबाट धनगढी आउने क्रममा त्रिभुवन विमानस्थलमा र धनगढी विमान स्थलमा रातो कार्पेट बिछ्याएको हो ।
सर्वसाधारणसँगै आएका प्रचण्डलाई बुद्ध एयरको रातो कार्पेट बिछ्याएपछि त्यसको आलोचना पनि भइरहेको छ ।
धनगढी विमानस्थल प्रमुख रामकृष्ण भट्टले प्रधानमन्त्रीलाई विमानस्थलले नभई बुद्ध एयरले रातो कार्पेट बिच्छाएको बताए ।
प्रतिक्रिया