नयाँ प्रशिक्षकसहित मैदानमा उत्रेको चेल्सी पराजित – Nepal Press

नयाँ प्रशिक्षकसहित मैदानमा उत्रेको चेल्सी पराजित

काठमाडौं। नयाँ प्रशिक्षकसहित मैदानमा उत्रेका भएपनि इंग्लिस प्रिमियर लिगमा चेल्सीले पराजय भोग्नु परेको छ ।

घरेलु टोली वल्भ्ससँग चेल्सीले १–० ले पराजय भोग्नु परेको हो । चेल्सीको पराजयमा वल्भ्सका म्याथिअस नुनेसले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

हालै मात्रै अन्तरिम प्रशिक्षकमा रूपमा नियुक्त भएका फ्रान्क लाम्पार्डको उपस्थितिमा भएको पहिलो खेलमा चेल्सीले पराजय भोग्नु परेको हो ।

गत साता मात्रै लाम्पार्ड प्रशिक्षकमा नियुक्त भएका थिए । उनी नियुक्त भएपछि चेल्सीको यो पहिलो खेल हो ।

यस पराजयसँगै ३० खेलबाटै ३९ अंक जोडेर चेल्सी ११औँ स्थानमा रहेको छ भने जितसँगै वल्भ्स ३० खेलबाट ३१ अंक जोडेर १२औँ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर