संक्रमणकालीन न्याय सम्बन्धी विधेयक फास्ट ट्रयाकबाट पारित गर्ने प्रस्तावमा एमाले असहमत (भिडिओ) – Nepal Press

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक फास्ट ट्रयाकबाट पारित गर्ने प्रस्तावमा एमाले असहमत (भिडिओ)

काठमाडौं । संक्रमणकालीन न्याय निरूपण सम्बन्धी (टिआरसी) विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्ने सत्तापक्षको प्रस्ताव एमालेले अस्वीकार गरेको छ ।

सभामुख देवराज घिमिरेको पहलमा शनिवार भएको शीर्ष नेताहरूको छलफलमा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले संसदीय समितिमा लैजानुपर्ने बताएका हुन् ।

सभामुखको कार्यकक्षमा प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले समितिमा लगेर छलफल गरिनुपर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले फास्ट ट्र्याकबाट पारित गर्ने प्रस्तावमा एमालेले नमानेपछि बीचको बाटो खोज्ने प्रयास भइरहेको र यसका लागि विज्ञहरूको पनि सहायता लिइने बताए । शीर्ष तहमा चैत २८ गते पुनः छलफल हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर