विश्वको आर्थिक वृद्धिदर ३ प्रतिशत हुने आईएमएफको प्रक्षेपण – Nepal Press

विश्वको आर्थिक वृद्धिदर ३ प्रतिशत हुने आईएमएफको प्रक्षेपण

काठमाडौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२३ को विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।

आईएमएफकाअनुसार सन् २०२३ मा विश्व आर्थिक वृद्धिको आधा हिस्सा भारत र चीनमार्फत हुनेछ । करिब ९० प्रतिशत आर्थिक रुपमा सम्पन्न देशहरुले यो वर्ष आर्थिक वृद्धिमा गिरावट देख्नेछन् ।

आईएमएफकी प्रमुख क्रिष्टिलिना जोर्जिभाले आगामी साता हुने विश्व बैंक र आईएमएफबीचको बैठकका लागि तयार गरेका टिपोटहरुबाट उदृत गर्दै यो कुरा बताएकी हुन् । उनले भनिन्, ‘यो यसअघि गरिएको प्रक्षेपणभन्दा कम हो र सन् १९९० यताकै न्यून हो ।’

उनले बैठकअघि वाशिंगटनमा बोल्दै कम आय भएका देशहरूको लागि थप मद्दतका लागि आह्‍वान पनि गरिन्। आईएमएफका अनुसार सन् २०२३ पछि आगामी पाँच वर्षसम्म विश्वकै आर्थिक बृद्धि तीन प्रतिशतकै वरपर रहनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *