उपेन्द्रलाई स्यालको संज्ञा दिँदै सिकेले भने- शेर अकेला हि आता है – Nepal Press

उपेन्द्रलाई स्यालको संज्ञा दिँदै सिकेले भने- शेर अकेला हि आता है

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै स्यालको संज्ञा दिएका छन् ।

वैशाख १० गते हुने उपनिर्वाचनमा बारा २ कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र लोसपाले अध्यक्ष यादवलाई सघाएपछि स्यालको संज्ञा दिएका हुन् ।

उनले फेशबुकमा लेखेका छन्, ‘झुण्ड मे तो गीदड आता हे । शेर अकेला हि आता है ।’

उनले आफूलाई सिंहसँग तुलना गर्दै एक्लै प्रतिस्पर्धा गर्ने बताएका छन् । गठबन्धनको तर्फबाट उपेन्द्रलाई उम्मेदवार बनाउने भएपछि उनले माओवादीबाट शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाएर चुनावी मैदानमा उभिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर