गायिका भावना आचार्यको ‘उडी उडी आ सुवा’ मा शिल्पा – Nepal Press

गायिका भावना आचार्यको ‘उडी उडी आ सुवा’ मा शिल्पा

काठमाडौं । गायिका भावना आचार्य र गायक तथा इन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वर रहेको ‘उडी उडी आ सुवा’ बोलको गीतको भिडिओ रिलिज गरिएको छ । विकल तिरुवाको शब्द रहेको सार्वजनिक गीतमा ध्रुव विस्कोको संगीत रहेको छ भने नरेन्द्र वियोगीको एरेन्ज रहेको छ भने किशोर थापाको मिक्सिङ र मास्टरिङ रहेको छ ।

प्रेम र रोमान्सले भरिएको एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई निर्देशक विक्रम चौहानले कलात्मक शैलीमा भिडिओमा देखाएका छन् । जसमा नायिका शिल्पा पोखरेल र मोडल चक्र बमको अभिनय रहेको छ । राजाराम सिंखडाको कोरियोग्राफी रहेको गीतको छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन र कलरिङ मिन विश्वकर्माले गरेका हुन् ।

भिडिओ इनाक्षी इन्टरटेनमेन्ट मार्फत बजारमा आएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *