रुसका लागि चिनियाँ राजदूत भन्छन्ः पश्चिमले युक्रेन मामिलामा चीनलाई लेक्चर दिने औकात राख्दैन – Nepal Press

रुसका लागि चिनियाँ राजदूत भन्छन्ः पश्चिमले युक्रेन मामिलामा चीनलाई लेक्चर दिने औकात राख्दैन

काठमाडौं । रुसका लागि चिनियाँ राजदूत झाङ हानहुइले युक्रेन मामिलामा युरोप–अमेरिकालगायतका पश्चिमा देशले लेक्चर दिने कुनै योग्यता नराख्ने बताएका छन् ।

रुसी अखबार इस्भेसतियासँग बोल्दै राजदूत हानहुइले शुक्रबार यस्तो बताएका हुन् ।

रुसी अखबार आटरीले यो समाचार प्राथमिकताका साथ छापेको छ । अन्तर्वार्तामा राजदूतले भनेका छन्, ‘युक्रेन संकट सिर्जना चिनियाँ पक्षले गरेको होइन । यसमा चीन कुनै पक्षमा छैन । चीनले कतै हतियार दिएको छैन । पश्चिमले चीनलाई लेक्चर दिने कुनै औकात छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *