कोशी नामकरणपछिको आन्दोलनबारे संघ सरकारले प्रदेशसँग वार्ता गरी सहजीकरण गर्ने (भिडिओ) – Nepal Press
मन्त्रिपरिषद् बैठक

कोशी नामकरणपछिको आन्दोलनबारे संघ सरकारले प्रदेशसँग वार्ता गरी सहजीकरण गर्ने (भिडिओ)

काठमाडौं । सरकारले कोशीमा पहिचानवादीको आन्दोलन र विरोधको विषयमा प्रदेशसँग वार्ता गरी सहजीकरण गर्ने भएको छ ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कोशी नामकरणपछि भइरहेको आन्दोलनलाई लिएर प्रदेशसँग वार्ता गरेर अघि बढ्न केन्द्र सरकारले सहजीकरण गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनले भनिन्, ‘नामाकरणसम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने कुरा भएको छ ।’

आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बूलाई शहीद घोषणा गर्ने र परिवारलाई राहत उपलब्ध गराउने निर्णय भएको पनि मन्त्री शर्माले बताएकी छन् ।

सरकारको नेतृत्व गरिरहेको माओवादीको पदाधिकारी बैठकले यसअघि कोशीको पक्षमा मतदान गरेर कमजोरी भएको भन्दै पहिचानकै पक्षमा उभिने निर्णय गरिसकेको छ ।

कोशीका १२ माओवादी सांसदले कोशीको पक्षमा प्रदेशसभामा भोट हालेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर