हंसराजले मनायाे २५ औं वर्ष बजाज लिडरसीप मिट-२०२३, नयाँ वर्ष २०८० क्याम्पेन सर्वजनिक – Nepal Press

हंसराजले मनायाे २५ औं वर्ष बजाज लिडरसीप मिट-२०२३, नयाँ वर्ष २०८० क्याम्पेन सर्वजनिक

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले आफ्नो रजत जयन्तीको अवसरमा ‘लिडरसीपको २५ वर्ष बजाज लिडर्स मिट-२०२३’ मनाएको छ ।

सन् १९९८ मा नेपाली बजारमा प्रवेश गरेको बजाजले नयाँँ वर्षमा ‘नव-वर्ष २०८० क्याम्पेन’ पनि लन्च गरेको बताएको छ । जसअन्तर्गत बजाजका कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गर्ने २५ जना उपभोक्ताले २५ प्रतिशत सम्म डाउन पेमेन्ट, १० हजार रुपैयाँ सम्मको स्योर-शट क्यास डिस्काउन्ट, एक किलो चाँदी पनि जित्न सक्ने जनाइएको छ ।

कार्यक्रमको अवसरमा बोल्दै हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘नेपालको अटोमोटिभ उद्योगमा बजाजको २५ औँ वर्षको रजत उत्सव मनाउन पाउँदा हामीलाई निकै खुशी लागेको छ । आफ्नो स्थापनाकालदेखि आज सम्म आइपुग्दा हामीले धेरै लामो यात्रा तय गरेर आएका छौं, र हामीले जे हासिल गरेका छौं त्यसमा मलाई निक्कै गर्व छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *