कार्यव्यवस्था परामर्श समिति सदस्यको नाम टुंगियो (सूचीसहित) – Nepal Press

कार्यव्यवस्था परामर्श समिति सदस्यको नाम टुंगियो (सूचीसहित)

काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति सदस्यहरूको नाम टुंगिएको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सदस्यहरुको मनोनयन गरेका हुन् । उनले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १३ बमोजिम प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श
समितिमा सदस्यहरुलाई मनोनयन गरेको जानकारी सदनलाई गराए ।

सभामुख र राजनीतिक दलका प्रतिनिधिबीचको बिहीबारको छलफलले उक्त समिति २१ सदस्य हुने गरी टुंगो लगाएको थियो । यो समितिले सदनको कार्यसूची, बैठक सञ्चालनलगायतका विषयमा सभामुखलाई सुझाव दिने काम गर्छ ।

उक्त समितिमा सभामुख, उपसभामुख, कानूनमन्त्री रहनेछन् । त्यस्तै नेपाली कांग्रेसबाट सबैभन्दा बढी ६ जना, त्यसपछि क्रमश: एमालेबाट ५, माओवादीबाट २, रास्वपा, राप्रपादेखि स्वतन्त्रसम्मका एक-एकजना सदस्य रहने छन् ।

समिति सदस्य रहेकाहरूको नाम यसप्रकार छ-

१. अजय कुमार चौरसिया

२. अनिता देवी

३. गंगाराम चौधरी

४. जीवन परियार

५. तारा लामा तामाङ्ग

६. नागिना यादव

७. पदम गिरी

८. प्रदिप यादव

९. महेश कुमार बर्तौला

१०. मेटमणि चौधरी

११. रमेश लेखक

१२. रामप्रकाश चौधरी

१३. रामहरि खतिवडा

१४. रुपा सो.शी. (चौधरी)

१५. लिलानाथ श्रेष्ठ

१६. विद्या भट्टराई

१७. सन्तोष परियार

१८. सरिता प्रसाई

१९. हितराज पाण्डे

२०. ज्ञानबहादुर शाही

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर