झिनो अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो
काठमाडौं । साताको अन्तिम कारोबारका दिन नेप्से झिनो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक ८.२८ अंकले घटेर १८६६.७९ विन्दुमा कायम भएको छ ।
अघिल्लो दिन बुधबार ८.३९ अंकले बढेको बजारमा आज २८ लाख ७० हजार ८१९ कित्ता शेयर खरिद बिक्री हुँदा ९२ करोड ६ लाख ८६ हजार ९४ रुपैयाँको कारोबार भएको छ ।
कारोबारका आधारमा आज सर्वाधिक नाफा कमाउनेमा कालिन्चोक दर्शन, सिटिजन म्युचअल फण्ड २, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र नदिप लघुवित्त वित्तीय संस्था रहेका छन् । सर्वाधिक गुमाउनेमा सम्लिङ पावर कम्पनी, खप्तड लघुवित्त वित्तीय संस्था, सानिमा ग्रोथ फण्ड र आदर्श लघुवित्त वित्तीय संस्था रहेका छन् ।