लुम्बिनी अन्तर्राष्ट्रिय पीस म्याराथनमा नेपाली सेनाका खगेन्द्र भाट प्रथम – Nepal Press

लुम्बिनी अन्तर्राष्ट्रिय पीस म्याराथनमा नेपाली सेनाका खगेन्द्र भाट प्रथम

रुपन्देही । लुम्बिनी अन्तर्राष्ट्रिय पीस म्याराथनमा नेपाली सेनाका खगेन्द्र भाट प्रथम भएका छन् । उनले २ घण्टा ४० मिनेट ५७ सेकेण्डमा दूरी पार गरेका थिए ।

खेलकुद दिवसको अवसरमा बिहीबार प्रदेश खेलकूद परिषद् लुम्बिनी तथा नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा लुम्बिनी अन्तर्राष्ट्रिय पीस म्याराथन आयोजना गरिएको थियो ।

म्याराथनमा २ घण्टा ४२ मिनेट ०१ सेकेण्ड लिदै नेपाल प्रहरीका करण खड्का दोश्रो तथा २ घण्टा ४४ मिनेट २५ सेकेण्ड समय लिँदै श्रीलंकाली धावक अमिला सानाथ तेश्रो भएका छन् ।

खेलकूदको माध्यमबाट लुम्बिनीको प्रवर्द्धनमा टेवा पुग्ने लक्ष्यसहित २ सय ७ राष्ट्रका खेलाडी तथा प्रतिनिधीलाई आमन्त्रण गरिएको ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले बताए ।

म्याराथन कपिलवस्तुको तिलौराकोट दरबारबाट बिहीबार बिहान सवा ८ बजे सुरु भई लुम्बिनीको शान्ती दीप रहेको गेट अगाडि पूरा भएको थियो । प्रतियोगितामा ३३ पुरुष धावक सहभागी भएको उनले बताए ।

यो वर्षको प्रतियोगिता समापनसंगै २ सय ७ राष्ट्रका ओलम्पिक कमिटीलाई अर्को वर्षको प्रतियोगिताका लागि निमन्त्रणा गरिने छ । म्याराथनमा प्रथमले १ लाख, द्वितीयले ५० हजार र तृतीय हुनेले २५ हजार नगद राशी प्राप्त गरेको लुम्बिनी खेलकूद परिषदका सदस्यसचिव जयप्रकाश भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर