अञ्जनको वाचापत्र- जीवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्र – Nepal Press

अञ्जनको वाचापत्र- जीवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्र

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी अन्जन श्रेष्ठको टीमले वाचापत्र सार्वजनिक गरेको छ ।

बुधबार हात्तिसारमा आयोजित घोषणासभामार्फत श्रेष्ठसहितको टीमले वाचापत्र सार्वजनिक गरेको हो । श्रेष्ठले जीवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्रको लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।

उनले स्थानीय उत्पादनहरूको प्रवर्द्धन गर्दै औद्योगिक विकासमा अगाडि बढ्नुपर्ने बताए । निजी क्षेत्रको नेतृत्वले साना र मझौला व्यवसायीको समस्यालाई समेत सम्बोधन गरेर सँगै अगाडि बढ्नुपर्नेमा उनको जोड थियो ।

महासंघलाई नयाँ उचाइमा पुर्‍याउन र संस्थाको व्यवसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारिता बढाउन आफ्नो वाचापत्रलाई आधार मानेर काम गर्ने उनको प्रतिवद्धता छ ।

आफ्नो टीमले सहभावना र सहकार्यको मूल मन्त्रलाई आत्मसात गर्दै हरेक उद्योग व्यवसायीलाई महासंघमा पहिचान दिलाउने श्रेष्ठले प्रष्ट्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *