किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र कञ्चन नेतृत्वको नेकपा (बहुमत) बीच एकता हुँदै – Nepal Press

किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र कञ्चन नेतृत्वको नेकपा (बहुमत) बीच एकता हुँदै

काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला कन्चन नेतृत्वको नेकपा (बहुमत)बीच पार्टी एकता हुने भएको छ ।

क्रान्तिकारी माओवादीका महासचिव ‘किरण’ र बहुमतका संयोजक ‘कन्चन’सहितको वार्ता टोलीको अन्तिम बैठकले चैत २४ गते शुक्रवार जनआन्दोलन दिवसका दिन पत्रकार सम्मेलन गरेर पार्टी एकता गर्ने निर्णय गरेका हुन् ।

काठमाडौंको घट्टेकुलोमा रहेको सहिद इच्छुक प्रतिष्ठानको कार्यालयमा पत्रकार सम्मेलनकाबीच एकता घोषणा गरिने बहुमतका संयोजक धर्मेन्द्र बास्तोला कञ्चनले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार दुई पार्टीको संयुक्त बैठकले एकता प्रक्रियालाई अघि बढाउन दुई पार्टीका ६-६ जना गरी १२ सदस्यीय संयोजन समिति गठन गरेको थियो ।

सहमतिपछि जारी संयुक्त वक्तव्यमा किरण र कन्चनले एकता प्रक्रियामा सामेल हुन पार्टी संगठन र नेता कार्यकर्तालाई आह्वानसमेत गरेका थिए । लामो छलफल पश्चात् पार्टी एकतामा पुगेको कञ्चनको भनाई छ ।

समितिमा क्रान्तिकारी माओवादीको तर्फबाट पार्टी महासचिव किरण, सिपी गजुरेल गौरव, हरिभक्त कँडेल, परि थापा, इन्द्र मोहन सिग्देल र रामसिंह श्रिस र बहुमतबाट पार्टी संयोजक कन्चन, हेमन्तप्रकाश वली सुदर्शन, उदय बहादुर चलाउने दीपक, गुणराज लोहनी प्रवीण, कृष्ण धमला गम्भीर, देवकला अधिकारी र सदस्य रहेका थिए ।

गत असार १० गते कञ्चन नेतृत्वको नेकपा (बहुमत) र कृष्ण धमाला गम्भीर नेतृत्वको जनसमाजवादी मञ्च नेपालबीच पार्टी एकता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर