खेलकुदमा राजनीति मिसाउन हुँदैन : मुख्यमन्त्री कार्की – Nepal Press

खेलकुदमा राजनीति मिसाउन हुँदैन : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुद क्षेत्रलाई राजनीतिमा मिसाउने पक्षमा आफू नरहेको बताएका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सहभागी भई विभिन्न विधामा पदक विजेता कोशी प्रदेशका खेलाडीहरुलाई सम्मान गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन् ।

उनले खेलकुद क्षेत्रमा पार्टी र गुटगत राजनीति गर्न नहुने बताउँदै संवैधानिक र कानूनी प्रक्रिया पुर्याएर काम गर्न प्रदेश खेलकुद बोर्डका पदाधिकारीहरुलाई निर्देशन गरे ।

त्यसैगरी, उनले विकास बोर्डलाई चाहिलेन आवश्यक कर्मचारीको व्यवस्थापन चाँडै गर्ने जानकारी गराउँदै आर्थिक मन्दि आएपनि प्रदेशका खेलकुद गतिविधिलाई प्रभावित हुन नदिने प्रतिवद्धता जनाए ।

उनले खेलकुद क्षेत्रलाई कोशी प्रदेशकै पहिचानको रुपमा अगाडि बढाउन प्रदेश सरकार तयार रहेको बताउँदै झापाको कमल गाउँपालिकामा अवस्थित रङ्गशालालाई आदिवासी जनजाति रङ्गशालाको रुपमा निर्माण गर्न कोशी प्रदेश सरकारले काम सुरु गरिसकेको जानकारी दिए ।

कार्यक्रममा विभिन्न विधाका पदक विजेताहरु ललित राजवंशी र दीपेश कँडेल एक लाख ११ हजार १११, सञ्जय राई ३० हजार, प्रिय राईलाई एक लाख नगद् डेनिका राईलाई २५ हजार, सागर यादव १५ हजार, निमा जि सीलााई १५ हजार, अंशु मण्डललाई, रंजु चौधरी र पूजा चौधरीलाई पाँच हजार नगदसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर