दुःख र पीडामा भएका बाराका जनताले बोलाएकाले म आएँ: पौडेल – Nepal Press

दुःख र पीडामा भएका बाराका जनताले बोलाएकाले म आएँ: पौडेल

बारा । नेकपा एमालेबाट बारा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुरुषोत्तम पौडेलले बारा क्षेत्र नम्बर २ लाई खोसेर सप्तरी लैजाने षड्यन्त्र गरिएको आरोप लगाएका छन् ।

बाराको गढीमाईमा एमालेले आयोजना गरेको क्षेत्रीय कार्यकर्ता भेलामा उम्मेदवार पौडेलले यस्तो आरोप लगाएका हुन् ।

‘उपराष्टपति बन्न सांसद पद चाहिँदैन, जोसुकै नेपाली नागरिक उपराष्ट्रपति बन्नसक्छन्’, उनले भने, ‘तर, यस क्षेत्रबाट जितेका सांसदलाई यो क्षेत्र खाली गराउन उपराष्ट्रपतिमा लडाएर षड्यन्त्र गरियो । अब जसपाले यो क्षेत्र सप्तरी लैजान खोज्दैछ ।’

यो षड्यन्त्र यस क्षेत्रका जनताले पूरा हुन नदिने उनले दाबी गरे । पूर्वमन्त्रीसमेत रहेका उम्मेदवार पौडेलले लोकतन्त्र आएपछि यस क्षेत्रमा जसपाले २ पटक जिते पनि केही नगरेको बताए ।

‘यहाँका जनता दुःख, पीडामा छन् । जनताले सहारा खोजेर मलाई बोलाएकाले म आएको छुँ’, उनले भने, ‘जनताको पीडा अन्त्य गर्ने जिम्मा मेरो हो ।’

कार्यक्रमा जसपा, माओवादी केन्द्र र नेपाली कांग्रेस परित्याग गरी तीन दर्जन एमालेमा प्रवेश गरेका थिए । जिल्ला अध्यक्ष विनोद साहको सभापतित्वमा भएको भेलाले पोलिटब्युरो सदस्य अच्युत मैनालीको संयोजकत्वमा ५०१ सदस्यीय क्षेत्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर