कोशी नामकरणबाट माओवादी ब्याक, पहिचानकै पक्षमा उभिने निर्णय (भिडिओ) – Nepal Press

कोशी नामकरणबाट माओवादी ब्याक, पहिचानकै पक्षमा उभिने निर्णय (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी नामकरणको विषयमा आफ्नो निर्णयबाट पछि हटेको छ । प्रदेशसभामा कोशीको पक्षमा भोट हालेको माओवादीको पदाधिकारी बैठकले पहिचानकै पक्षमा उभिने निर्णय गरेको हो ।

कोशीमा माओवादीका १३ सांसद छन् । माओवादीबाटै एकजना सभामुख भएकाले बाँकी १२ जनाले कोशीको पक्षमा मतदान गरेका थिए ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले भने, ‘कोशी प्रदेश नामाकरण भएपछि अहिले आन्दोलन उठिरहेको छ । हाम्रो पार्टीप्रति के हो अडान ? भनेर प्रश्न उठिरहेको छ । त्यसमा हाम्रो पार्टी पहिचानको पक्षमा छ । त्यतिबेला पनि पहिचानकै पक्षमा अडान राख्नुपर्थ्यो कमजोरी भएको छ ।’

नामाकरणपछि पहिचानको आन्दोलनको क्रममा भएको मृत्तक भएकाहरूलाई सहिद घोषणा गर्न र राहतको लागि सरकारसँग माग गरेको छ । यस्तै, मिटरव्याजपीडितको आन्दोलनमा पार्टीको समर्थन रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

3 thoughts on “कोशी नामकरणबाट माओवादी ब्याक, पहिचानकै पक्षमा उभिने निर्णय (भिडिओ)

  1. तिमीहरूको अडान भनेको के भनेर लुटन पाईन्छ भन्नेमात्र हो । तिमीहरू केहीवादी पनि ह‍ोईनौ । लुटेरावादी हौ ।

  2. माओवादी भनेको नीतिहीन, चरित्रहीन र बिचारहीन झुण्ड हो । यिनीहरू जे मा पनि Back हुन्छन् यदी नाफा देखियो र खान पाइयो भने । यो कुनै नौलो कुरो नै होइन !

  3. त्यसो भए सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती, गण्डकी किन मान्ने प्रचण्डले यसको जवाफ दिनु पर्दैन ? देशमा बिग्रह मच्चाउन कै लागि दल बनाएको यिनीहरूले अब बर्बाद बनाउने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर