ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा स्मार्ट टीभी जित्ने मौका – Nepal Press

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा स्मार्ट टीभी जित्ने मौका

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकका लागि दराजबाट सामान किन्दा ५५ इन्च वेस्तेल लिड स्मार्ट टीभी जित्न सक्ने योजना सार्वजनिक गरेको छ ।

योजनामा सहभागी हुन बैंकका ग्राहकले भिजा डेबिट कार्ड, क्रेडिट कार्ड प्रयोग गरी दराजबाट समान खरिद गर्दा अनलाइन भुक्तानी गर्नुपर्ने बताइएको छ । योजना यही चैत २१ देखि बैशाख ९ गतेसम्म लागू रहने जनाइएको छ ।

योजनाको अन्त्यमा कुल सहभागीमध्ये एक जना विजेता छनोट गरिनेछ । छनोट भएका एक विजेताले ५५ इन्च वेस्तेल स्मार्ट लिड टीभी पाउने योजनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *