नेप्से परिसूचकमा झिनो अंकको वृद्धि, कारोबार रकममा गिरावट – Nepal Press

नेप्से परिसूचकमा झिनो अंकको वृद्धि, कारोबार रकममा गिरावट

काठमाडौं । साताको चौथो दिन वुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ भने काराेबार रकम भने घटेकाे छ।

आजकाे दिन नेप्से ८.३९ अंकले बढेर १८७५.०७ बिन्दुमा कायम भएको छ ।

अघिल्लो दिन मंगलबार मात्रै ५.२० अंकले घटेको शेयर बजार आज २६ लाख २ हजार ९५६ कित्ता शेयर खरिद बिक्री हुँदा ८१ करोड ६० लाख ४६ हजार ७९० रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारका आधारमा आज सर्वाधिक नाफा कमाउनेमा कालिन्चोक दर्शन, सानिमा ग्रोथ फण्ड, लक्ष्मी लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्था रहेका छन् । त्यस्तै, सर्वाधिक गुमाउनेमा सिटीजन म्युअचल फण्ड १, न्यादी आइड्रोपावर र सिटीजन म्युअचल फण्ड २ रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *