यस्ता छन् डोनाल्ड ट्रम्पलाई लगाइएका मुद्दाहरु, हिंसादेखि बलात्कार र मानहानीसम्म – Nepal Press

यस्ता छन् डोनाल्ड ट्रम्पलाई लगाइएका मुद्दाहरु, हिंसादेखि बलात्कार र मानहानीसम्म

काठमाडौं । गत मार्च ३० मा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई आपराधिक मुद्दा चलाउन अनुमति दिएको म्यानहट्टन कोर्टले मंगलबार उनीविरुद्द ३४ आरोप लगाएको छ ।

अप्रिल ४ मा, म्यानहट्टन कोर्टले ट्रम्पलाई पोर्नस्टार स्टर्मी डेनियलसँगको अफेयर र त्यसपछि उनलाई मौन राख्न पैसा दिएको भन्ने मुद्दामा उनी विरुद्द ३४ आरोप लगाएको हो ।

यद्यपी अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई लागेको यो एक मात्र मुद्दा भने होइन । यो मुद्दा बाहेक पनि ट्रम्पलाई हालसम्म अन्य १९ मुद्दा लागेका छन् । जसमध्ये आधा भन्दा बढी मुद्दा राष्ट्रपति रहँदा गलत आचरण राखेको सम्बन्धित छन् ।

ट्रम्पमाथि चलिरहेका अधिकांश मुद्दाहरू ३ वटा मुद्दासँग सम्बन्धित छन् । पहिलो आर्थिक अनियमितता, दोस्रो दोस्रो, ६ जनवरी २०२१ को संसद हिंसामा ट्रम्पको भूमिका र तेस्रो सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेपको प्रयास । ट्रम्पले यी सबै मुद्दाहरुको खण्डन गर्दै आएका छन् । यस लेखमा ट्रम्पलाई लागेका केही मुख्य मुद्दाहरुबारे चर्चा गरिएको छ ।

पोर्न स्टारसँगको सम्बन्ध र आर्थिक लेनदेन सम्बन्धी आरोप

ट्रम्पलाई सन् २०१६ को राष्ट्रपतीय चुनावअघि पोर्न स्टारसँगको अफेयर र यसबारे चुप बस्न पोर्न स्टार स्ट्रोमी डेनियल्सलाई एक लाख ३० हजार डलर दिएको र यसका लागि व्यापार अभिलेखमा गडबडी गरेको आरोप लागेको छ । डोनाल्ड ट्रम्प र पोर्न स्टार स्टर्मी डेनियल्सको पहिलो भेट सन् २००६ मा एक गोल्फ टुर्नामेन्टमा भएको थियो । डेनियलले आफ्नो किताब फुल डिस्क्लोजरमा यो भेटघाटको उल्लेख गरेकी छन् ।

स्टर्मीले आफ्नो किताबमा ट्रम्पले उनलाई आफ्नो पेन्टहाउसमा डिनरको लागि बोलाएको जनाएकी छन् । उनले किताबमा ट्रम्पसँगको आफ्नो सम्बन्ध र उनको शारीरिक रूपको पनि चर्चा गरेकी छन् । उक्त भेट पश्चात उनीहरुबीच अफेयर चलेको किताबमा उल्लेख छ ।

ट्रम्पका वकिल माइकल कोहन्लीले पनि ट्रम्पको तर्फबाट पोर्न स्टारलाई एक लाख ३० हजार डलर स्वीकार गरेका छन् । यो भुक्तानीबारे जनवरी २०१८ मा वाल स्ट्रीट जर्नलले खुलासा गरेको थियो । त्यसैको आधारमा ट्रम्पविरुद्ध आपराधिक मुद्दा चलाउने निर्णय गरिएको हो ।

द्वन्द भड्काएको आरोप

अमेरिकामा, जनवरी ६, २०२१ मा, क्यापिटल हिल अर्थात् अमेरिकी संसदमा ट्रम्पका समर्थकहरूद्वारा हिंसा भएको थियो । २०२० को राष्ट्रपतीय चुनावको नतिजा आएसँगै उनका समर्थकहरूले चुनावमा धाँधली भएको आरोप लगाएका थिए ।

मतदान भएको ६४ दिनपछि अमेरिकी संसद बाइडेनको जितमा स्ट्याम्प लगाउने क्रममा ट्रम्पका समर्थकहरुले संसदमा प्रवेश गरी तोडफोड र हिसां गरेका थिए । यस घटना पश्चात उनलाई द्वन्द भड्काएको आरोप लागेको थियो ।

गोप्य सुचना चोरी/दुरुपयोग आरोप

राष्ट्रपति चुनावमा पराजित भएपछि ट्रम्पले ह्वाइट हाउस छोड्ने क्रममा ट्रम्पले गोप्य कागजातहरू चोरेको आरोप लागेको छ । वाशिंगटन पोस्टका अनुसार नेशनल अर्काइभ्सले उनीसँग धेरै पटक कागजात माग गर्दा उनले बेवस्ता गरेको जनाएको थियो ।

त्यसपछि अगस्टमा एफबीआईले ट्रम्पको फ्लोरिडास्थित मार–ए–लागो र पाम हाउसमा छापा मारेको थियो । रोयटर्सका अनुसार खोजीका क्रममा १३,००० कागजातहरू जफत गरिएका थिए, जसमध्ये १०० वटा मा ‘क्लासिफाइड’ लेखिएको थियो ।

यसमा सीआईए, राष्ट्रिय सुरक्षा एजेन्सी र एफबीआईसँग सम्बन्धित फाइलहरू थिए । साथै, इरान र चीनसँग सम्बन्धित गुप्तचर जानकारी सहित इरानको मिसाइल कार्यक्रमको विवरण पनि थियो ।

हालै उक्त मुद्दाको फैसला सुनाउँदै जिल्ला अदालतका न्यायाधीशले ट्रम्पले अपराध गरेको देखाएको छ । यद्यपी यस अवधिमा न्यायाधीशले जुन अपराधको उल्लेख गर्दै थिए, त्यसको जानकारी भने खुलेको छैन ।

चुनाव अधिकारीलाई फौजदारी मुद्दामा फसाउने धम्की

सन् २०२० मा भएको राष्ट्रपतीय निर्वाचनपछि ट्रम्पलाई नतिजा उल्ट्याउन खोजेको आरोप लागेको थियो । बीबीसीका अनुसार जनवरी २, २०२१ मा ट्रम्प र जर्जियाका चुनावी अधिकारी ब्राड राफेन्सपर्गरबीच करिब एक घण्टा कुराकानी भएको थियो ।

जनवरी ३ मा दिउँसो पौने ३ बजे ह्वाइट हाउसको कार्यालयबाट कल गरिएको थियो । ट्रम्पले फोनमा १६ राज्यका मतलाई आफ्नो पोल्टोमा पार्न पुनः मतगणना गर्ने माग राखेका थिए । यस क्रममा ट्रम्पले राफेनस्परगरलाई आफु अनुकुल काम नगरे आपराधिक मुद्दामा फसाउने धम्की दिएका थिए ।

बलात्कार तथा मानहानी मुद्दा

म्यागजिन राइटर जिन क्यारोलले उनलाई बलात्कार तथा मानहानी मुद्दा दायर गरेकी छन् । क्यारोलले सन् १९९५–९६ मा ट्रम्पले उनको बलात्कार गरेको आरोप लगाएकी छन् । क्यारोलका अनुसार ट्रम्पले उनलाई न्यूयोर्कको डिपार्टमेन्ट स्टोरको ड्रेसिङ रुममा बलात्कार गरेका थिए ।

जब उनले यसको विरुद्ध आवाज उठाउन खोजिन् ट्रम्पले उनलाई बदनाम गरे । ट्रम्पले क्यारोलले आफ्नो पुस्तकको बिक्री बढाउन आफूमाथि झूटा आरोप लगाएको बताएका थिए । यसपछि क्यारोलले ट्रम्पमाथि मानहानीको पनि मुद्दा हालिन् । उनीविरुद्धको बलत्कारको आरोप झुट्टा प्रमाणित भए पनि मानहानीसँग सम्बन्धित आरोपको सुनवाई अप्रिल २५ मा तोकिएको छ ।

ठगीपूर्वक आफ्नो सम्पत्ति अर्बौं डलरभन्दा बढी देखाएको आरोप

न्यूयोर्कका महान्यायाधिवक्ता, लेटिटिया जेम्सले सेप्टेम्बरको मुद्दामा ट्रम्पलाई अर्बौं डलरभन्दा बढीको ठगीपूर्वक आफ्नो सम्पत्ति कम गरेको र ऋणदाता-बीमाकर्ताहरूलाई झूटो बोलेको आरोप लगाएका छन् ।

रोयटर्सका अनुसार जेम्सले आफ्नो कार्यालयले २०११ र २०२१ को बीचमा ट्रम्पको सम्पत्ति दुरुपयोगका २०० भन्दा बढी उदाहरण फेला पारेको दाबी गरेका छन् ।

लेटियाले ट्रम्पलाई आफ्ना छोराछोरी डोनाल्ड जुनियर, एरिक र इभान्कालाई न्यूयोर्कमा व्यापार गर्न प्रतिबन्ध लगाउन पनि आग्रह गरेका छन् । यससँगै उनले ठगीबाट प्राप्त भएको कम्तीमा २५ करोड डलर असुली गर्न पनि माग गरेका छन् । ज

नवरीमा, न्यूयोर्कका एक न्यायाधीशले ट्रम्पविरुद्धको महान्यायाधिवक्ताको मुद्दा खारेज गर्न अस्वीकार गरेका छन् । मुद्दाको सुनुवाइका लागि अक्टोबर महिना तोकिएको छ ।

जेम्सले मुद्दा जितेको सन्धर्वमा दालतले ट्रम्पलाई ठूलो जरिवाना लगाउन सक्छ। यसबाहेक न्यूयोर्कमा पनि उनको व्यवसायमाथि प्रतिबन्ध लाग्न सक्ने सम्भावना छ ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *